Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

भारतको सहयोगमा निमार्ण भएको कपिलवस्तुको श्री माविको उद्घाटन 

काठमाडौं । भारत सरकारको अनुदान सहयोगमा कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा रहेको श्री माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवनको उद्घाटन गरिएको छ ।

काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव करुण वंशलले आज कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिकामा अवस्थित श्री माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवनको उद्घाटन गरेका हुन् ।

नेपालका तर्फबाट कपिलवस्तु–२ का सांसद बृजेश कुमार गुप्ता, जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्य, बुद्धभूमि नगरपालिकाका मेयर केशव श्रेष्ठ लगायतको उपस्थिति थियो ।

शिक्षा क्षेत्रमा भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत सामुदायिक विकास परियोजनाको रुपमा भारत सरकारको आर्थिक सहयोग नेरु। ३ करोड ४० लाखको लागतमा यस परियोजनाको निर्माण भएको हो ।

यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको 'आजादीका अमृत महोत्सव” अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने परियोजनाहरु मध्येको एक हो ।

सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४७० वटा परियोजना सम्पन्न भइसकेका छन् । ती मध्ये कपिलवस्तु जिल्लाका ५ गरी लुम्बिनी प्रदेशमा ६० वटा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077