Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

गिरिजालाई मैले प्रधानमन्त्री बनाएँ : नेपाल

रूपन्देही । नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालालाई आफूले प्रधानमन्त्री बनाएपछि इमानदारीसाथ पालो दिएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताएका छन् ।

नेता नेपालले भने,-जनआन्दोलनपछि म प्रधानमन्त्री हुने सहमति थियो । तर, मैले उहाँलाई बनाएँ । त्यसको गुण उहाँले मलाई प्रधानमन्त्री बनाएर दिनुभयो । २०६३ सालमा आफूले गिरिजाप्रसादलाई प्रधानमन्त्री बनाएको र २०६६ मा उनले आफूलाई प्रधानमन्त्री बनाएको स्मरण गर्दै नेपालले वामपन्थी दलहरू मिल्दा कांग्रेस आत्तिन नहुने बताए ।

बुटवलमा शनिबार आयाजित पत्रकार भेटघाटमा कार्यक्रममा बोल्दै नेता नेपालले पाँचदलीय गठबन्धन आवश्यक रहेको बताए । अध्यक्ष नेपालले स्थानीय तह निर्वाचनमा समाजवादी पार्टीले सफलता प्राप्त गरेको दाबी गरे ।

एक महानगर, उपमहानगरसहित विभिन्न स्थानमा उपप्रमुख जितेको र धेरै तहमा अत्यधिक मत प्राप्त गरेको उनको भनाइ छ । नेता नेपालले निर्वाचनमा आफूहरुमाथि षड्यन्त्र भएकोसमेत उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077