Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • घरायसी विवादमा श्रीमतीको हत्या

    घरायसी विवादमा श्रीमतीको हत्या

    अनलाइन नेपाल
  • शनिबार, २५ असार २०७९
  • 729
    SHARES

    फाइल तस्विर

    पाँचथर । आफ्नै श्रीमती ३५ वर्षीया निला राईलाई कुटपिट गरी हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा फिदिम नगरपालिका-१४ बुर्दुम बस्ने ४० वर्षीय राज कुमार राई रहेका छन्। उनलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो।



    राज कुमारले घरायसी वादविवादको क्रममा असार १७ गते कुटपिट गर्दा गम्भीर घाइते भएकी निलाको विर्तासिटी अस्पताल विर्तामोडमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी तमाखे रानिटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।



    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार