Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

जंगली च्याउ खाँदा ६ जना विरामी, अस्पतालमा उपचार हुँदै

दाङ । दाङको घोराहीमा वनबाट ल्याएको च्याउको तरकारी खाँदा ६ जना बिरामी भएका छन । शनिबार बिहान नजिकैको वनबाट संकलन गरी ल्याइएको च्याउको तरकारी पकाएर खाएका उनीहरु विरामी भएका हुन् ।

विरामी हुनेमा घोराही उपमहानगरपालिका–११ खैरा बस्ने ४२ वर्षीय भोला विसी र उहाँका छोरीहरू २० वर्षीया सोनु विसी तथा १५ वर्षीया पविता विसी रहेका छन् ।

त्यसैगरी घोराही – १२ हापुर बस्ने ४२ वर्षीय लाल बहादुर बस्नेत, श्रीमती ४० वर्षीया सान्ता बस्नेत र छोरा १६ वर्षीया समिर बस्नेत बिरामी भएको जिल्ला प्रहरी कार्यालय दाङले दिएको छ ।

उनीहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077