Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

कृपावाद र परिवारवादले देशलाई श्रीलंका बनाउँछ : विष्णु रिजाल

काठमाडौं । नेकपा एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले राजनीतिमा परिवारवादको मोहका कारण नेपालका सत्तारुढ दलका नेताहरूले देशलाई श्रीलंकाको बाटोमा डोर्‍याइरहेको आरोप लगाएका छन् ।

रिजालले सामाजिक सञ्जालमा नातावाद, कृपावाद र परिवारवादले नेपाललाई श्रीलंका बनाउने देखिएको उल्लेख गरेका छन् ।

नेपालमा पनि केही पार्टीका नेताहरूमा देखिएको परिवारवादको मोहले तिनीहरुलाई पनि श्रीलंकाकै नियतिबाहेक अन्यत्र लैजाने ठाउँ छैन ।

नातावाद, कृपावाद र परिवारवादले अन्ततः श्रीलंका बनाउने हो, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077