Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

सहमति नजुटेपछि सुदूरपश्चिम प्रदेशसभाको वैठक स्थगित

धनगढी । आर्थिक वर्ष २०७९/८० को बजेटको सत्तारुढ दलकै प्रदेशसभा सदस्यले विरोध गरेपछि सुदूरपश्चिम प्रदेशसभाको वैठक आइतबार पनि स्थगित भएको छ ।

कार्यव्यवस्था परामर्श समितिमा सहमति नजुटेपछि आइतबार दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेशसभ बैठक स्थगित भएको हो ।

गत असार १ गते आर्थिक मामिलामन्त्री रावलले प्रदेशसभामा प्रस्तुत गरेको बजेट सत्तारुढ दलकै सांसदहरुले संशोधनको माग गरेपछि अहिलेसम्म छलफल हुन सकेको छैन ।

असार मसान्तभित्र अगामी वर्षको बजेट पारित गर्नुपर्ने संवैधानिक बाध्यताका कारणले समय घर्किदै गएपछि आर्थिक मामिला मन्त्री र सरकार दबावमा परेका छन् ।
आइतबारको बैठकमा सत्तारुढ कांग्रेसले भने बजेट संशोधन नगरी यथास्थितिमा समर्थन गर्न नसकिने निर्णय संसदीय दलको बैठकले गरेको सुनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077