Jul 15 2026 | २०८३, आषाढ ३१ गते

15 Jul 2026 | बुधवार, आषाढ ३१ गते २०८३

बुधवार, आषाढ ३१ गते २०८३
images
images

संसदीय टोलीद्वारा गेटा मेडिकल कलेजको निरीक्षण

कैलाली । संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिको टोलीले कैलालीस्थित गेटा मेडिकल कलेजको निरीक्षण गरेको छ ।

आइतबार संसदीय टोलीले भौतिक संरचना निर्माण भइसकेको गेटा मेडिकल कलेजको भौतिक अवस्थाबारे जानकारी लिएको हो ।

अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद योगेश भट्टराईले मेडिकल कलेजको भौतिक प्रगति सन्तोषजनक रहेको बताए । गेटा मेडिकल कलेजलाई मेडिकल विश्वविद्यालयका रुपमा अगाडि बढाउन सकिए राष्ट्रलाई नै फाइदा हुने उनले बताए ।

संसदीय टोलीमा सांसद्हरु योगेश भट्टराई, नारदमुनी राना, चित्रलेखा यादव, अञ्जना विशङ्खे, मानबहादुर विश्वकर्मा, डा. दीपक भट्ट, भैरवबहादुर सिंह र नविना लामा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077