Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

आइसिसी विश्वकप लिग–२ मा नामिबियाको सामना गर्दै नेपाल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नामिबियाको सामना गर्दैछ ।

नेपाल र नामिबियाबीचको खेल अपरान्ह ३ः१५ देखि सुरु हुनेछ । विश्वकप लिग–२ को सिरिजमा नेपालले नामिबियासँग पहिलोपटक खेलिरहेको हो । सिरिजअन्तर्गत नेपालले दोस्रो खेलमा बुधबार स्कटल्याण्डविरुद्ध खेल्नेछ ।

विश्वकप लिग–२ मा हालसम्म नेपालले १६ म्याच खेलेको छ । जसमा सातमा जित र आठ खेलमा हार बेहोरेको छ । एक खेलमा नेपालले अंक बाँडेको छ ।

हाल नेपाल १५ अंकसहित पाँचौँ स्थानमा छ । नामिबियाले १५ मध्ये सातमा जित र आठ खेलमा हार बेहोरेको छ । नामिबिया तालिकाको छैटौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077