Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • रक्सी खाँदा विवाद भएपछि छुरा प्रहार हत्या

    रक्सी खाँदा विवाद भएपछि छुरा प्रहार हत्या

    अनलाइन नेपाल
  • मंगलबार, २८ असार २०७९
  • 774
    SHARES

    फाइल तस्विर

    सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-६ मुनाल चोक बस्ने ४० वर्षीय आषिश दर्जीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २५ वर्षीय सबिन तामाङलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

    मादक पदार्थ सेवन गरी उनीहरूबीच झैझगडा हुँदा सबिनले आशिषलाई छातीमा छुरा प्रहार गरी घाइते बनाएको



    भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।



    साथै घाइतेलाई उपचारका लागि घोपा अस्पताल धरान पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार