Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पाँच बुँदे माग लिएर महानगर पुगे फिल्मकर्मी

    पाँच बुँदे माग लिएर महानगर पुगे फिल्मकर्मी

    अनलाइन नेपाल
  • मंगलबार, २८ असार २०७९
  • 828
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई कलाकर्मीले भेटका छन् ।

    अशोक शर्माको नेतृत्वमा छलफलमा सहभागी फिल्मकर्मीले मेयर बालेनले यसअघि प्रतिबद्धता जनाएअनुसार मनोरञ्जन करमा २ प्रतिशत छुट दिनुपर्ने, प्रचारप्रसारका लागि डिजिटल बोर्डमा सघाउनुपर्ने र विद्यमान कल्याणकारी कोषको रकम वृद्धि गर्नुपर्ने माग राखे ।



    अहिले महानगरले निश्चित स्थानमा मात्रै डिजिटल बोर्ड स्थापना गर्न अनुमति दिएको छ । जसले गर्दा फिल्मको प्रचारप्रसारमा समस्या भएको छ ।



    फिल्मकर्मीले यसतर्फ सहजीकरण गर्न मेयर बालेनलाई आग्रह गरेको बैठकमा सहभागी अभिनेता तथा निर्देशक निर्मल शर्माले जानकारी दिए ।

     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार