Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • मल वर्षे धान रोपाइँका लागि नआउने

    मल वर्षे धान रोपाइँका लागि नआउने

    अनलाइन नेपाल
  • बुधबार, २९ असार २०७९
  • 693
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल–भारतबीच भएको जीटुजी (सरकारदेखि सरकार) सम्झौताका मल वर्षे धान रोपाइँका लागि नआउने भएको छ । सम्झौता भए पनि भारतबाट तोकिएको समयमा मल आउने नआउने निश्चित नभएको बताइएको छ ।

    तत्कालीन कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्रराय यादव भारत गएर त्यहाँका सम्बन्धित मन्त्रीलाई भेटेर मल नेपाल ल्याउने सुनिश्चित गरेका थिए ।



    असारको दोस्रो हप्तासम्म मल नेपाल आइपुग्ने तत्कालीन मन्त्री यादवले बताएका थिए । तर असार सकिन लाग्दा पनि मल आउने निश्चित देखिएको छैन ।



    तत्कालीन कृषि मन्त्री यादव भारतबाट फर्किसकेपछि मूल्य लगायत अन्य विषयमा सम्झौताका लागि कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख राजेन्द्रबहादुर कार्कीको नेतृत्वमा अर्को टोली भारत गएर फर्केको छ ।

    प्रमुख कार्कीले मल ल्याउने विषयमा भारतसँग कुराकानी भइरहेको बताउँदै मूल्यलगायत अन्य विषयमा कागजात आदानप्रदान भएको र त्यसका लागि सम्झौतापत्रमा हस्ताक्षर हुन बाँकी रहेको बताए । उनले भने, “मल आउँछ तर वर्षे धान रोपाइँका लागि प्रयोग हुने गरी आउँदैन ।” गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार