Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • भारतबाट वर्षे धान रोपाईंका लागि मल नआउने

    भारतबाट वर्षे धान रोपाईंका लागि मल नआउने

    अनलाइन नेपाल
  • आइतबार, २६ असार २०७९
  • 714
    SHARES

    फाइल तस्विर

    काठमाडौं । भारतले वर्षे धान रोपाईंका लागि मल नदिने निश्चित भएको छ । मलका लागि नेपाल–भारतबीच भएको जीटुजी सम्झौताको एक आर्थिक वर्ष सकिएपनि मल आउने कुनै छाँटकाँट दैखिएको छैन ।

    मल ल्याउन पहलका लागि कृषि मन्त्रालयबाट मन्त्रीदेखि अन्य उच्च अधिकारीहरु पटक पटक भारत पुगेका थिए । उसो त पाँच वर्षको लगातार प्रयासपछि २०७८ फागुन १६ गतेमात्रै दुई देशको बीचमा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।



    सम्झौता भएको पाँच महिना बितिसक्दा पनि मल भने आउन नसकेको हो । मल किन आएन भन्ने बारेमा मन्त्रालयका कुनै पनि स्पष्ट जवाफ दिन सक्दैनन् । सम्झाताअनुसार चालु आर्थिक वर्षमा १ लाख ५० हजार मेट्रिकटन मल नेपाल आयात हुनुपर्ने हो । तर, यो आर्थिक वर्ष सकिन केही दिन मात्र बाँकी रहँदा पनि सो मल आएन ।



    कृषि मन्त्रालयका एक सहसचिवले भने, ‘भारतले मल दिन्छु, दिन्छु भनिरहेको थियो तर अहिले आएर के के बहाना बनाएर मल दिनमा आनाकानी गरिरहेको छ । अझै भारतसँग छलफल र डकुमेन्ट आदान प्रदान भइरहेको छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार