Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

विश्वकप लिग–२ : स्कटल्याण्डसँग खेल्दै नेपाल

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत बुधबार नेपाललले स्कटल्याण्डसँग खेल्दै छ । स्कटल्याण्डको ग्लासगोमा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ।

त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नामिबियासँग हारेको नेपाल बुधबार पहिलो जितको खोजीमा हुनेछ । तर, बलियो टोली स्कटल्याण्डलाई हराउन नेपाललाई सहज छैन। नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो।

स्कटल्याण्डले भने पहिलो खेलमा नामिबियामाथि ७७ रनको जित हात पारेको थियो।

लिग टू को अंक तालिकामा नेपाल १७ खेलमा १५ अंक जोडेर छैटौं स्थानमा रहेको छ। स्कटल्याण्ड २१ खेलमा ३० अंक जोडेर दोस्रो स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077