Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • म त एउटा सानो चक्कु लिएर विशाल सालघारी फाँड्छु भनेर हिँड्यारहेछु : केपी ओली

    म त एउटा सानो चक्कु लिएर विशाल सालघारी फाँड्छु भनेर हिँड्यारहेछु : केपी ओली

    अनलाइन नेपाल
  • बुधबार, २९ असार २०७९
  • 747
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफु सेन्सेटाइज र प्रभोक नहुने बताएका छन् ।

    बुधबार मानवअधिकार एलाइन्सको २३ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफु पहिले नै सेन्सटाइज र प्रभोक भएको भन्दै अब नहुने बताएका हुन् । उनले आफुलाई कुनै बेला साथीहरुले नै सेन्सटाइज र प्रभोक गरिदिँदा बेला न कुबेला होलटाइमर भएर कुदेको बताए ।



    ‘साथीहरुले मलाई सेन्सेटाइज गर्दिए, प्रोभोक गर्दिए, म बेला न कुबेला होलटाइमलर भएर कुदेँ । पछि मैले थाहा पाउँदा त म जे गर्छु भनेर कुदेको त्यसको त्यतिबेला सम्भावना नै रहेनछ’, ओलीले भने, ‘जे गर्छु, जहाँबाट गर्छु भनेको म त एउटा सानो चक्कु लिएर विशाल सालघारी फाँड्छु भनेर हिँड्यारहेछु ।’



    उनले कसैले नसुन्नेगरी भनेको भन्दै समावेशीता स्तम्भ नभएको पनि बताए । उनले संयुक्त राष्ट्रको आफुले विरोध नगर्ने भन्दै समावेशीता विकासको तरिका मात्रै भएको दावी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार