Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

विश्वकप लिग–२ : स्कटल्यान्डले नेपाललाई दियो १४५ रनको लक्ष्य

काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डले नेपाललाई १४५ रनको लक्ष्य दिएको छ ।

ग्लास्गोमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले ४२ ओभर ५ बलमा अलआउट हुँदै १ सय ४४ रन बनायो ।

उसका लागि गाभिन मेइनले उत्कृष्ट प्रदर्शन गरे । उनी ६४ रनमा नटआउट रहे । ९५ रन बनाउँदा ९ विकेट गुमाएको स्कटल्यान्डलाई मेइनले सम्हाल्दै १ सय ४४ रनको अवस्थामा पुर्याए ।

बलिङतर्फ नेपालका सोमपाल कामी र मोहम्मद आदिल आलमले ३/३ तथा सन्दीप लामिछानेले २, करण केसी र दीपेन्द्र सिंह ऐरीले १ विकेट लिए । नेपालका सामु स्कटल्याण्ड बलियो टोली हो। नेपालको जित्ने उत्साहका साथ ब्याटिङमा उत्रिदैछ।

यसअघि सोमवार भएको पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो । नेपाल अङ्क तालिकाको छैटौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077