Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्ण मल्ल पदमुक्त

कैलाली । सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्ण मल्ल पदमुक्त भएका छन् ।

उनले प्रदेशसभा सदस्यबाट राजीनामा गरेको घोषणा गर्दै पत्र स्वीकृत गराइदिन लेखेको पत्र सभामुख अर्जुनबहादुर थापाले प्रदेशसभामा पढेर सुनाएपछि उनी पदमुक्त भएका हुन्।

बुधबार बसेको प्रदेशसभा बैठकमा सभामुख थापाले आफू आवद्ध पार्टीले साधारण सदस्य समेत नरहने गरी कारवाही गरेकाले पदबाट राजीनामा गरेको भन्दै असार १३ गते पठाएको पत्र प्रदेशसभामा पढेर सुनाउदै उनी पदमुक्त भएको घोषणा गरेको बताएका छन् ।

उनी ०७४ सालको निर्वाचनमा डडेल्धुराबाट प्रदेश सभा सदस्यमा विजयी भएका थिए । गत वैशाख १३ गते विधानविपरीतका गतिविधि गरेको भन्दै कांग्रेसले मल्ललाई कारबाही गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077