Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

विश्वकप लिग–२ : स्कटल्यान्डमाथि नेपालको सानदार जित

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले स्कटल्यान्डविरुद्ध सानदार जित निकालेको छ ।

बुधबार राति स्कटल्यान्डको ग्लासगोस्थित टिटउड क्रिकेट मैदानमा भएको खेलमा नेपालले पाँच विकेटको जित निकालेको हो ।

नेपालले जितका लागि १४५ रनको लक्ष पाएको थियो । निर्धारित लक्ष्य पछ्याएको नेपालले २५ ओभर एक बलमा १४६ रन बनायो । नेपालले १४९ बल बाँकी छँदै लक्ष्य भेटाएको हो ।

त्यसअघि स्कटल्यान्डले ४२.४ ओभरमा सबै विकेट गुमाएर १४४ रन बनाएको थियो । नेपालले एकदिवसीय खेलमा स्कटल्यान्डलाई हराएको यो पहिलो पटक हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077