Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौंका क्यासिनोमा प्रहरीको छापा

काठमाडौं । नेपाली नागरिकहरु पनि क्यासिनोमा जाने गरेको आशंकामा जिल्ला प्रहरी परिसर काठमाडौंले ६ वटा क्यासिनोमा छापा मारेको छ ।

काठमाडौंमा रहेका ६ वटा क्यासिनोमा बुधबार साँझ प्रहरीले छापा हानेको हो ।

स्रोतका अनुसार होटल मल्लको क्यासिनो बल्स, दरबारमार्गको क्यासिनो प्यालेस, होटल मेरियटको क्यासिनो डेल्टिन, होटल सोल्टीको क्यासिनो मजोङ, हायातको क्यासिनो प्राइड र छाँया सेन्टरको क्यासिनो वाल्डोमा छापा हानेको हो ।

प्रहरीले क्यासिनोमा छापा मारे पनि कसैलाई पक्राउ नगरेको स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077