Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

काठमाडौंमा चितुवाको आक्रमणबाट पाँच जना घाइते

काठमाडौं । काठमाडौंमा चितुवाको आक्रमणमा परेर पाँच जना घाइते भएका छन् ।

नागार्जुन नगरपालिका– ८ भीमढुंगा हर्सनखोलामा गएराति चितुवाले आक्रमण गर्दा पाँच जना घाइते भएका हुन् ।

स्थानीय ४९ वर्षीय पञ्चकुमार भट्टराईको घरमा चितुवा पसेको थियो । चितुवाले आक्रमण गर्दा भट्टराईका घरमा रहेका पाँच जना घाइते भएको प्रहरीले जानकारी दिएको छ।

घाइतेहरूको मनमोहन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंकाले जनाएको छ ।

उनकाअनुसार घाइते पाँचै जनाको शरिरका विभिन्न अंगमा चितुवाले चिथोरेको छ। उनीहरूको अवस्था सामान्य रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077