Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

महिलाका हातखुट्टा बाँधेर नगदसहित सुनका गरगहना लुटपाट

कञ्चनपुर । कञ्चनपुरमा एक महिलामाथि लुटपाट गरिएको छ ।

जिल्लाको भीमदत्त नगरपालिका–४ गोबरैयामा बुधबार दिउँसो स्थानीय गिता चन्दको घरमा चार जनाको अज्ञात समूहले लुटपाट गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार चन्दका हातखुट्टा बाँधेर घरबाट एक लाख नगदसहित सुनका गरगहना लुटिएको हो ।

लुटपाटमा संलग्न व्यक्ति भारतीय नागरिक भएको आशंका गरिएको छ । उनीहरुको खोजी भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077