काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेताहरूको व्यवहारले प्रदेश संरचना समस्यामा परेको बताएका छन् ।
ट्वीटरमा ‘चिन्नेलाई श्रीखण्ड, नचिन्नेलाई खुर्पाको बींड’ भन्ने उखानलाई उल्लेख गर्दै उनले जनताका लागि श्रीखण्ड भनिएको प्रदेश नेताहरूको व्यवहारले खुर्पाको बींड हुनलागेको टिप्पणी गरेका हुन् ।
गुरुङले लेखेका छन् , 'चिन्नेलाई श्रीखण्ड नचिन्नेलाई खुर्पाको बींड भन्थे हो रहेछ ।
प्रदेश जनताका लागि श्रीखण्ड नै होस् भन्ने चाहना राखेका थियौं’, उनले लेखेका छन्, ‘तर, हामी नेताहरूकै व्यवहारले प्रदेशहरुलाई खुर्पाकै बींड बनाउन लाग्यौं । मुलुकको दुर्भाग्य ’