Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईजीपी विवाद मुद्धा : आज जवाफी बहस हुँदै, फैसला आउन सक्ने

काठमाडौं । नेपाल प्रहरीको आईजीपी नियुक्ति विवाद मुद्दामा आज जवाफी बहस हुँदै छ । रिट निवेदकका तर्फबाट आज जवाफी बहस हुन लागेको हो । जवाफी बहस सकिएपछि सर्वोच्चले आजै फैसला सुनाउन सक्नेछ ।

मुद्दाको सुनुवाइ कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासमा अन्तिम सुनुवाइ जारी छ । केही हप्तादेखि आईजीपी विवादको रिटमाथि सर्वोच्चमा निरन्तर सुनुवाइ चलिरहेको छ।

प्रहरी महानिरीक्षकमा धीरजप्रताप सिंहलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले गत वैशाख १९ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

रिट निवेदनमा आफूभन्दा डेढ वर्ष कनिष्ठलाई बढुवा गर्ने सरकारको निर्णय बदर गर्न माग गरिएको छ । गत वैशाख १८ गते बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077