Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

तास खेल्दै गरेका ६ जना साढे दुई लाख नगदसहित पक्राउ

कास्की । कास्कीमा जुवा खेल्दै गरेको अवस्थामा ६ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका ८ न्युरोड बस्ने नवीन गौचनको घरमा जुवारतास खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गौचनसहित न्युरोड नै बस्ने सोमत तुलाचन, कबिन तुलाचन, पोखरा २ अर्चलेका विराट केसी, पोखरा ११ फुलबारीका अमित गुरुङ र नरकाजी गुरुङ रहेको छन् ।

उनीहरूको साथबाट नगद दुई लाख ५३ हजार पाँच रुपैयाँसहित चार बुक तास बरामद भएको कास्कीका प्रहरी प्रवक्ता एवम् प्रहरी निरिक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।

उनीहरूमाथि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरअन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने मुद्दा शीर्षकमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077