Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

विश्वकप लिग–२ : आज नामिबियाको सामना गर्दै नेपाल

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपालले नामिबियासँग खेल्दै छ । स्कटल्याण्ड भ्रमणमा रहेको नेपाली टोलीले त्रिकोणात्मक श्रृङ्खलाको तेस्रो खेलमा नामिबियासँग खेल्न लागेको हो ।

लिग २ मा पाँचौं शृंखला खेलिरहेको नेपाल सोमबार नामिबियासँग ४० रनले पराजित भएको थियो भने बुधबार नेपालले स्कटल्यान्डलाई ५ विकेटले पराजित गरेको थियो ।

नामिबियासँग २१ वर्षयता पहिलो हार बेहोरेको नेपाल त्यसपछि अर्को खेलमा स्कटल्यान्डलाई इतिहासमै पहिलो पटक पराजित गर्न सफल भयो ।

नेपाल आज नामिबियाविरुद्ध पहिलो हारको बदला लिने योजनामा छ। नामिबिया नेपाललाई लगातार दोस्रोपटक हराउन चाहन्छ।

नेपाली समयअनुसार नामिबियासँगको खेल दिउँसो पौने ४ बजे सुरु हुनेछ। नेपाललले आइतबार श्रृङ्खलाको अन्तिम खेलमा स्कटल्याण्डसँगको सामना गर्नेछ । नेपाल १८ खेलमा १७ अंकसहित पाँचौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077