Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

विश्वकप लिग–२ : नामिबियाले नेपाललाई दियो दुई सय रनको लक्ष्य, सन्दीपले लिए चार विकेट

काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिजअन्तर्गत नामिबियाले नेपाललाई दुई सय रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको नामिबियाले ४९‍.२ ओभरमा सबै विकेट गुमाउँदै १९९ रन जोडेको हो । नामिबियाका लागि कप्तान जेरहार्ड इरास्मसले सर्वाधिक ५३ रनको योगदान दिए ।

७० बलमा उनले ४ चौका र १ छक्का हिर्काए । त्यस्तै डेभिड विसीले रन आउट हुनअघि ३४ तथा ओपनर डिभान ला कक र जेजे स्मिटले समान २७-२७ रन बनाए ।

नेपालका लागि कप्तान सन्दीप लामिछानेले ४ तथा सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले २(२ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077