Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

साफ यू–२० लागि नेपालको अन्तिम टोली घोषणा, पहिलो खेल माल्दिभ्ससँग खेल्ने

काठमाडौं । जुलाई २५ देखि अगस्ट ३ सम्म भारतमा हुने साफ यू–२० च्याम्पियनसिपका लागि राष्ट्रिय टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक मेघराज केसीले सोमबार च्याम्पियनसिपका लागि अन्तिम टोली घोषणा गरेका हुन् ।

केसीले २३ जनाको अन्तिम टोली छनोट गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । दोस्रो चरणको बन्द प्रशिक्षणमा रहेका ३० बाट अन्तिम टोली छनोट गरिएको हो । साफ यू-२० च्याम्पियनसिपमा नेपाल र आयोजक भारतसहित बंगलादेश, माल्दिभ्स र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् ।

नेपालले पहिलो खेल ९ साउनमा माल्दिभ्ससँग खेल्नेछ । नेपालले ११ साउनमा श्रीलंका, १५ साउनमा भारत तथा १७ साउनमा बंगलादेशसँग खेल्नेछ । सिंगल राउण्ड रोविनको खेलपछि अंकतालिकामा शीर्ष दुईमा रहने टोलीले २० साउनमा फाइनल खेल्नेछन् ।

साफ यू-२० पछि नेपालले बगामी सेप्टेम्बर १० देखि १८ सम्म बहराइनमा हुने एएफसी यू-२० छनोट खेल्नेछ । उक्त छनोटमा नेपाल आयोजक बहराइन, कतार, भुटान र बंगालादेशसँगै समूह ‘बी’ मा छ ।

अन्तिम टोली :

गोलरक्षक : ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ शेख

डिफेण्डर : अमर श्रेष्ठ, सोनित दाहाल, आयुश श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सिर्जन दानी, रोशन थापा, अभिशेक वाइबा

मिडफिल्डर : दीपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिश रत्न छुन्जु, सुगम सुवाल, मनग्य नकर्मी, आयुष घलान

फरवार्ड : दीपेश राई, निरन्जन मल्ल, रोहन खड्गी

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077