Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

गुराँस गाउँपालिका गोली काण्ड : छानविन समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन

सुर्खेत । शुक्रबार साँझ करार कर्मचारीले गरेको आन्दोलनमा भएको गोली काण्डको सत्य तथ्य छानविन गर्न गुराँस गाउँपालिकाले छानविन समिति गठन गरेको छ ।

दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकपछि दुल्लु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानमणि नेपालको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरिएको हो ।

समितिका सदस्यहरूमा नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं जिल्ला समन्वय अधिकारी भक्तबहादुर मल्ल, राष्ट्रिय अनुसन्धान विभाग दैलेखका प्रमुख दिलबहादुर चौधरी, नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष यज्ञराज थापा तथा जिल्ला प्रशासन कार्यालय दैलेखका प्रशासकीय अधिकृत भूपेन्द्र थापा सदस्य सचिव रहने गरी समिति गठन गरिएको छ ।

समितिले १५ दिनभित्र घटनाको अनुसन्धान गरी सत्य तथ्य कुरा प्रतिवेदनमार्फत प्रमुख जिल्ला अधिकारीलाई बुझाउनुपर्ने छ । आन्दोलनरत कर्मचारी र प्रहरीबीच दोहोरो झडप भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077