Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

पाल्पामा यसरी लुटियो सडक ठेकेदार पन्थको २० लाख

पाल्पा । हेल्मेटले कुटपिट गरी पाल्पामा सडक ठेकेदार सुमन पन्थ लुटिएका छन् ।

पन्थसहित दुई जनाको साथबाट नगद २० लाख रुपैयाँ आइतवार राति तानसेनबाट लुटिएको हो ।

पाल्पाबाट गुल्मीतर्फ जाँदै गरेको प्र ३ ०१–०२४ च ९१४३ नम्बरको कारमा सवार पन्थसहित तीन जना तानसेन नगरपालिका–५ ढुंगाखानी नजिकै कार रोकी पिसाब फेर्न झरेका बेला उनीहरू लुटिएको प्रहरीले जनाएको छ ।

पन्थसमेत दुई जनालाई लुटेराहरूले हेल्मेटले कुटपिट गरी साथमा रहेको उक्त नगद तथा कारको चाबीसमेत लुटेर फरार भएका हुन्। घटनामा संलग्न रहेको आशंकामा चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077