Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री देउवाको गाली खाएका सागर डडेल्धुराबाट चुनाव लड्ने

काठमाडौं । पाँच वर्षअघि बिबिसी मिडिया एक्सनको साझा सवाल कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘अक्सफोर्ड विश्वविद्यालय पढेको प्रधानमन्त्री हामी कहिले पाउँछौं?’ भन्दै प्रश्न गरेका सागर ढकाल आसन्न प्रतिनिधिसभा चुनावमा शेरबहादुर देउवाको निर्वाचन क्षेत्र डडेलधुराबाट चुनाव लड्ने घोषणा गरेका छन् ।

मूलधारका पार्टीको नेतृत्वमा रहेका नेताहरुलाई हजुरबुबा र दोस्रो पुस्ताका नेता भनिएकाहरुलाई बुबा पुस्ताको संज्ञा दिँदै आएका ढकालले हजुरबुवा पुस्तालाई पूर्ण आराम, बुवा पुस्तालाई सल्लाहकार र ४० वर्षमुनिका प्रधानमन्त्री भन्ने अवधारणालाई अंगीकार गर्दै चुनावमा होमिने घोषणा गरेका हुन् ।

नेपालमा पढेलेखेका नेताहरु किन छैनन् भन्ने प्रश्न गर्दै आएका ढकालले पुल्चोक इन्जिनियरिङ कलेजबाट स्नातक र विश्व प्रख्यात अक्स्फोर्ड विश्वविद्यालयबाट मास्टर्सको अध्ययन गरेका छन् ।

देशव्यापी रूपमा उम्मेदवारी दिँदा पार्टी दर्ता गर्ने कि स्वतन्त्र उम्मेवारी दिने भन्ने अहिले छलफल भइरहेको र केही दिनमै टुंगिने उनले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077