Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

अत्याधीक गर्मी बढेपछि एक साता विद्यालय बन्द

रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले ७ दिन गर्मी बिदा दिएको छ ।

भैरहवा क्षेत्रमा अत्यधिक गर्मी भई विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने भन्दै नगरपालिकाले एक साता बिदा दिइएको सिद्धार्थनगर नगरपालिकाले जनाएको छ।

नगरपालिकाका शिक्षा अधिकृत जाह्नवी पाण्डेयद्वारा जारी सूचनामा वर्षे विदाबाट कट्टी गर्ने गरी मंगलबारदेखि साउन ९ गतेसम्म ७ दिनका लागि सम्पूर्ण संस्थागत तथा धार्मिक विद्यालय विदा दिने निर्णय भएको उल्लेख छ।

पछिल्लो हप्ता भैरहवामा अत्यधिक गर्मी बढेपछि सर्वसाधारणको जनजीवन समेत प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077