Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

राजसंस्था पुनःस्थापना र संघीयता खारेजीको पक्षमा रवीन्द्र

काठमाडौं । विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रको पुस्तक ‘विचारभन्दा माथि देश’ प्रकाशन हुने भएको छ ।

पुस्तक छिट्टै बजारमा उपलब्ध हुने मिश्रले विज्ञप्तिमार्फत जनाएका हुन्।

‘विचारभन्दा माथि देश’मा मिश्रले गणतन्त्र, सङ्घीयता र धर्म निरपेक्षता जस्ता विषय सैद्धान्तिक रूपमा गलत नभए पनि दिनप्रतिदिन संवेदनशील हुँदै गएको नेपालको भूराजनीति र आन्तरिक परिस्थितिका कारण ती विषय नेपालको दूरगामी हितका लागि घातक भएको निष्कर्ष निकालेका छन् ।

उनले नेपालमा संवैधानिक राजसंस्था पुनःस्थापना तथा सङ्घीयता खारेज गरी नेपाललाई ‘हिन्दू–बौद्ध राष्ट्र’मा रूपान्तरण गर्नुपर्ने पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077