Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • आर्थिक कार्यविधिविपरीत १६ अर्ब ७६ करोड स्वाहा, प्रदेश सरकार कुशासनको चपेटामा

    आर्थिक कार्यविधिविपरीत १६ अर्ब ७६ करोड स्वाहा, प्रदेश सरकार कुशासनको चपेटामा

    अनलाइन नेपाल
  • बुधबार, ४ साउन २०७९
  • 816
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रदेश सरकार खारेज गरी केन्द्रीय र स्थानीय दुई तहको सरकारसहितको परिमार्जित संघीय शासनमा जानुपर्ने बहस उठिरहेकै अवस्थामा प्रदेश सरकारमा विकृतिका चाङ देखिएका छन् । विकृतिका चाङ अत्यधिक देखिएपछि प्रदेश सरकार खारेजी माग गर्नेलाई बल मिलेको छ ।

    महालेखाका अनुसार प्रदेशहरूले आर्थिक वर्ष अन्त्यमा ‘अवण्डा बजेट’ शीर्षकमा मात्रै १६ अर्ब ७६ करोड ४ लाख खर्चेका छन् । यति धेरै रकम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले आफँखुसी बाँडफाँट गरी खर्च गरेको पाइएको छ ।



    ‘अवण्डा बजेट’बाट आर्थिक वर्ष अन्तिममा बाँडफाँट गर्नु बजेट सिद्धान्तविपरीत रहेको महालेखाले औंल्याएको छ । उसले यस्तो कार्यले ‘मितव्ययी खर्च र सिद्धान्तमाथि प्रहार गर्ने भएकाले सो कार्यमा पँर्ण रूपमा नियन्त्रण हुनुपर्ने’मा जोड दिएको छ । प्रदेश आर्थिक कार्यविधि ऐनमा कार्यक्रम बजेट स्वीकृत गर्नुपर्ने व्यवस्थाविपरीत ‘अर्थ विविध’ शीर्षकमा कार्यक्रम स्वीकृतिबेगर एकमुष्ठ बजेट राख्नुलाई ‘अवण्डा’ भनिन्छ । यसरी अवण्डामा बजेट राखेर पछि बाँडफाँट गरी पठाउने काम गरिएको देखिएको र त्यस्तो काम गैरकानुनी हुने महालेखाले जनाएको छ ।



    कुशासनमा लिप्त हुँदा प्रदेश सरकार छोटो समयमै बद्नाम हुन पुगेका छन् । महालेखा परीक्षकको ५९औं प्रतिवेदनले पनि प्रदेश सरकारले नियमविपरीत अनियन्त्रित रूपमा अर्बौं खर्च गरेको औंल्याएको छ ।

    नेपालको संविधान २०७२ जारी भएसँगै तीन तहको संघीय शासन व्यवस्था अंगीकार गरिए पनि २०७४ सालको निर्वाचनपछि मात्रै मुलुृकमा पहिलोपटक प्रादेशिक सरकार स्थापना भएका थिए । प्रादेशिक सरकार स्थापना भएको पाँच वर्ष पुग्नैलाग्दा छोटो अवधिमै प्रदेश सरकारमा बेरुजुको चाङ नै लाग्न पुगेको हो । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार