Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

रवीन्द्र मिश्रलाई पुनः कोरोना संक्रमण पुष्टि

काठमाडौं । विवेकशील साझा पार्टीका रवीन्द्र मिश्रलाई कोरोना पुष्टि भएको छ । उनले आफूलाई दोस्रो पटक कोरोना संक्रमण भएको बताए।

उनलाई यसअघि छ महिना पहिले पनि कोरोना लागेको थियो। मिश्र केही दिनदेखि बिरामी थिए।

‘अहिले फेरि कोरोना संक्रमण भयो। लक्षणहरू पहिलो पटकजस्तो कडा छैन,’ उनले भने, ‘ज्वरो, कम्मर दुखाइ र घाँटीमा समस्या छ।’

मिश्र घरमै आराम गर्दैछन्। उनले मंगलबार आफूले कसैसँग पनि भेटघाट नगरेको र त्यसअघि आफूसँग भेटेकाहरूलाई विचार पुर्‍याउन आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077