Jul 17 2026 | २०८३, श्रावण १ गते

17 Jul 2026 | शुक्रवार, श्रावण १ गते २०८३

शुक्रवार, श्रावण १ गते २०८३
images
images

सुदूरपश्चिमका तीन जिल्लामा मुख्य राजमार्ग अवरुद्ध, सडक कटान गर्दै सेती नदी

बझाङ । बझाङमा सेती नदीले सडक कटान गरेको छ । नदीमा पानीको बहाव बढेपछि जिल्ला जोड्ने सडक कटान हुन थालेको हो। नदीको पानीले जयपृथ्वी राजमार्ग अन्तर्गत जालेजगरमा सडक कटान गरेपछि यातायात बन्द भएको छ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार जालेवगरमा सडक कटान हुन थालेको छ। अहिले साना सवारी आवतजावत भइरहे पनि ठुला सवारी भने ठप्प छन्। पानीको बहावलाई हेर्दा उक्त सडक अझै कटान हुने अनुमान गरिएको छ ।

यस्तै अविरल वर्षापछि आएको बाढीपहिरो सुदूरपश्चिम प्रदेशका तीन जिल्लाका चार ठाउँमा मुख्य राजमार्ग अवरुद्ध भएको छ । दार्चुला, बैतडी र बझाङमा पहिरोले मुख्य राजमार्ग अवरुद्ध भएपछि यातायात सेवा ठप्प भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार दार्चुलाको शैल्यशिखर नगरपालिकाको नङतड, बैतडीको पाटन नगरपालिकाको थुम, सुनर्या गाउँपालिका–१ को भन्ज्याङ भन्ने ठाउँमा मुख्य राजमार्गमा माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077