Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

स्थानीय तह निर्वाचनमा गठबन्धन नगरेको भए सानदार जित हुन्थ्यो : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तह निर्वाचनमा गठबन्धनका दलहरुले धोका दिएको बताएका छन‍।

बुधबार काठमाडौंमा आयोजित पार्टीका जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले गठबन्धनको कुनै भरोसा नभएको बताएका हुन् ।

गठबन्धनको गीत धेरै गाउँदा आफ्नो पार्टीले हार व्यहोर्नु परेको भन्दै गठबन्धन नगरेको भए सानदार जित हुने उनले बताए ।

चुनावमा गठबन्धनमा आवद्ध दलहरुले नराम्ररी धोका दिएको उनको दावी छ। आफूभन्दा समाजवादी दल ठूलो हुने डरले दलहरुले धोका दिएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077