Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कम्युनिष्टले वितरणको मात्रै कुरा गर्छन्, उत्पादनको कुरा गर्दैनन् : नैनसिंह महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले विचार, सिद्धान्त र उद्देश्य एउटै भए पनि पछिल्लो समय नेपालको कम्युनिष्ट आन्दोलन विभाजित हुँदै गएको बताएका छन्।

जनसमाजवादी पार्टी नेपालको दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा बोल्दै नेता महरले सबै कुरा एउटै हुँदा पनि कार्यक्रम मोडेलकाबारेमा केही विमत्ति हुँदा कम्युनिष्ट आन्दोलन विभक्त भएको टिप्पणी गरे।

कांग्रेस पनि कल्याणकारी राज्य व्यवस्थामा विश्वास गर्छ । तर, हामीमा एउटा फरक छ । हामी वितरणको कुरा गर्दै गर्दा उत्पादनको पनि कुरा गर्छौं । अहिले दुईवटै कुरामा समस्या आइरहेको छ,’ उनले भने । अहिले पुँजीवादको मात्र कुरा भइरहेको बताए । अहिले पुँजी आर्जन र सकंलनको मात्र कुरा भइरहेको बताउँदै उत्पादनको कुरा हुन छोडेको महरको टिप्पणी छ ।

आर्थिक समृद्धिका लागि उत्पादनमुखी राज्यव्यवस्थाको पनि कुरा हुनुपर्ने उनले बताए । ‘कम्युनिस्टहरूलृे वितरणको मात्रै कुरा गर्छन्। नकमाए वितरण कहाँबाट गर्ने’, उनले भने ।

नेता जनताको सेवक भएकाले कुर्सीमा पुगिसकेपछि आडम्बरी बन्ने प्रवृतिको अन्त्य हुन जरुरी रहेको बताएका उनले सधैँ एकै व्यक्ति एकै पदमा बसिरहे उसले जनताका पक्षमा काम गर्न नसक्ने बताए ।

‘हामीले जनताका लागि राजनीति गर्ने हो । विकासका लागि राजनीति गर्ने हो । हामीले भाषणमा यो गर्छौं, त्यो गर्छौं भनिरहनु पर्दैन । राम्रा काम गर्दै गए जनताले त्यसको सम्मान आफँै दिन्छन्,’ महर भन्छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077