Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

एमालेमा राजा, महाराजाको गन्ध आएपछि नयाँ पार्टी गठन गरे : माधवकुमार नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटाउने व्यक्ति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नै भएको दाबी गरेका छन्।

काठमाडौंमा बुधबार पार्टीको स्कुल विभागले आयोजना गरेको स्थानीय तहका जनप्रतिनिधि अभिमुखीकरणलाई सम्बोधन गर्दै उनले ओलीले नेकपा फुटाएपछिका दिनमा पनि पार्टीलाई एकताबद्ध गर्न नसकेको आरोपसमेत लगाएका छन्।

एमालेमा राजा, महाराजाको गन्ध आएपछि आफूले नयाँ पार्टी गठन गरेको पनि नेपालको भनाइ थियो।

ओलीले अहम् देखाएकै कारण अहिलेको अवस्था सिर्जना भइरहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077