Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

कांग्रेस प्रवक्ता महत भन्छन् - आगामी निर्वाचनसम्म तालमेल हुन्छ

चितवन । नेपाली काँग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले आगामी निर्वाचनसम्म तालमेल गरेर जाने निर्णय भएको बताएका छन् ।

नेपाल प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले तालमेल गर्न जटिल भए पनि आगामी निर्वाचनसम्म अहिलेकै गठबन्धनको तालमेल हुने बताए ।

उनले भने, 'स्थानीय तहको निर्वाचनको अनुभवले पनि हामीलाई विश्वास बढाएको छ ।' स्थानीय निर्वाचनको नतिजालाई सबै दलले सन्तोषजनक रुपमा लिएको भन्दै उनले यसैलाई आधार मानेर निर्वाचनमा जाने बताए ।

उनले भने, 'मलाई विश्वास छ । यो गठबन्धन टुट्दैन ।' शीर्ष नेताहरू समेत गठबन्धन नतोड्ने पक्षमा रहेको उनको भनाइ थियो । तालमेल गर्दा पार्टीको नेतृत्वदायी भूमिका र समग्रमा पार्टी पङ्तिको भावनाअनुसार हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077