Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • आजदेखि एक हप्ता काठमाडौंको फोहोर नउठ्ने, महानगर भन्छ् – कुहिने र नकुहिने फोहोर घरभित्रै राख्नू

    आजदेखि एक हप्ता काठमाडौंको फोहोर नउठ्ने, महानगर भन्छ् – कुहिने र नकुहिने फोहोर घरभित्रै राख्नू

    अनलाइन नेपाल
  • बिहिबार, ५ साउन २०७९
  • 696
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आजदेखि एक हप्ता काठमाडौं उपत्यकाको फोहोर नउठ्ने भएको छ । काठमाडौं उपत्यकाका १८ स्थानीय तहको फोहोर व्यवस्थापनको काम रोकिन लागेको हो । बाटो मर्मतको काम गर्नुपर्ने भएकाले उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने उनले बताइन्।

    यसअघि फोहोर व्यवस्थापन गर्दै आएको स्थान नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले एक हप्ता व्यवस्थापनको काम नहुने भएको हो।



    सहरी विकास मन्त्रालयले फोहोरको गाडी आवतजावत गर्दा बाटो मर्मतको काममा समस्या आएको भन्दै काठमाडौं महानगरपालिकालाई केही दिन फोहरको गाडी नपठाउन गरेको आग्रहअनुसार व्यवस्थापन कार्य रोकिएको हो।



    बाटो मर्मतकै कारण यसअघि पनि बिहान ४ बजेदेखि दिउँसो १२ बजेसम्म मात्रै उपत्यकाबाट फोहोरको गाडी अन्तिम व्यवस्थापनस्थलसम्म पुग्ने गरेका थिए।

    महानगरले यस अवधिमा आ–आफ्नो घर पसल व्यवसायबाट उत्पन्न हुने कुहिने र नकुहिने फोहोरलाई सडक, चोक, सार्वजनिकस्थलमा नफाली घरभित्रै छुट्टाछुट्टै राख्नका लागि अपिल गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार