Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

काठमाडौंबाट महेन्द्रनगर पुर्याइएकी किशोरीको उद्धार

काठमाडौं । मोबाइल बनाउने बहाना बनाएर काठमाडौंबाट महेन्द्रनगर पुर्याइएकी एक किशोरीको उद्धार गरिएको छ । काठमाडौँबाट नेपालगञ्ज हुँदै महेन्द्रनगर पुर्याएर भारत लैजान लागेको अवस्थामा उनको महेन्द्रनगर बसपार्कबाट उद्धार गरिएको हो ।

महेन्द्रनगर बसपार्कबाट उदयपुरकी १६ वर्षीया किशोरीलाई गैरसरकारी संस्था साहसी महिला नेपालले उद्धार गरी सुरक्षित गृहमा राखेको छ । उनलाई ललाइ फकाई ल्याउने मुगुका वसन्त लावडलाई प्रहरीको जिम्मा लगाइएको छ ।

काठमाडौँमा सवारीसाधनका चालक रहेका लावडले ती किशोरीलाई मोबाइल बनाउने बहानामा महेन्द्रनगर पुर्याएको खुलेको छ ।

“काठमाडौंमा बस्दै आएकी किशोरी र उनको परिवारसित चिनजान रहेछ, त्यसका आधारमा मोबाइल बनाउने भनेर नेपालगन्जसम्म ल्याए”, साहसी महिला नेपालकी जिल्ला संयोजक आनन्दी रानाले भनिन्, “किशोरीलाई आफू कहाँ जाँदैछु भन्ने केही पनि थाहा छैन ।” किशोरीलाई बेचबिखनका लागि भारत लैजान खोजेको संयोजक रानाको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077