Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उत्तर प्रदेशमा चट्याङ लागेर १४ जनाको मृत्यु

एजेन्सी । उत्तर प्रदेशमा विभिन्न ठाउँमा चट्याङ लागेर १४ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

राहत आयुक्तको कार्यालयका अनुसार बांदामा चार, फतेहपुरमा दुई र बलरामपुर, चन्दौली, बुलन्दशहर, रायबरेली, अमेठी, कौशाम्बी, सुल्तानपुर र चित्रकूट जिल्लामा एक–एक जनाको चट्याङ लागेर मृत्यु भएको हो ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले बुधबार चट्याङ लागेर ज्यान गुमाएकाका

परिवारलाई ४ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077