Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

जनप्रतिनिधिलाई अध्यक्ष नेपालको सुझाव - नमस्कार गर्दा तपाईको वजन घट्दैन

काठमाडौ. । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई जनतासँग विनम्र व्यवहार गर्न सुझाव दिएका छन् ।

पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई अभिमुखीकरण कार्यक्रममा बोल्दै नेपालले यस्तो सुझाव दिएका हुन् ।

नेपालले जितिसके भनेर जनतासँग घमण्ड नदेखाउन आग्रह गरे ।

नेपालले भने, ‘मतदातालाई कहिले पनि हप्कीदप्की नगर्नुहोला । सबैसँग नम्र भएर प्रस्तुत हुनुहोला । नमस्कार गर्ने काम अरुको हो, टाउको हल्लाउने काम मेरो हो भन्ने नठान्नुहोला । नमस्कार गर्ने काम तपाईंहरूकै हो । नमस्कार गर्दा तपाईंको वजन घट्दैन ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077