Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

डिएसपी कुँवर असार महिनाको ‘पुलिस अफ द मन्थ’ घोषित

झापा । इलाका प्रहरी कार्यालय अनारमनी झापाका प्रहरी नायव उपरीक्षक रुगम बहादुर कुँवर “सर्वोत्कृष्ट प्रहरी” घोषणा भएका छन् ।

कुँवरलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले असार महिनाको “सर्वोत्कृष्ट प्रहरी” घोषणा गरेको हो ।

कुँवरले झापा अर्जुनधारा नगरपालिका-४ जुकेखाडी अज्ञात व्यक्तिले हत्या गरी फालेको पुरुषको शवको पहिचान खुलाउनुका साथै घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ गर्न सफल भएका थिए ।

लागुऔषध, चोरीलगायतका घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी नागरिकहरूमा सुरक्षाको अनुभूति गराएकाले प्रहरी नायव उपरीक्षक कुँवरलाई २०७९ साल असार “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषणा गरिएको १ नम्बर प्रदेश प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077