Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • राष्ट्रपति भण्डारीले दिइन् भारतकी नयाँ राष्ट्रपतिलाई बधाई

    राष्ट्रपति भण्डारीले दिइन् भारतकी नयाँ राष्ट्रपतिलाई बधाई

    अनलाइन नेपाल
  • बिहिबार, ५ साउन २०७९
  • 765
    SHARES

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतकी नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मूलाई बधाई दिएकी छन् ।

    सामाजिक सञ्जालमार्फत् बधाई दिँदै राष्ट्रपति भण्डारीले दुई देशको सहकार्यले थप उचाई प्राप्त गर्ने विश्वास व्यक्त गरेकी छन्।



    ‘मित्रराष्ट्र गणतन्त्र भारतका पन्ध्रौँ राष्ट्रपति निर्वाचित हुनुभएकोमा महामहिम द्रौपदी मुर्मूज्यूलाई म हार्दिक बधाई तथा शुभकामना ज्ञापन गर्न चाहन्छुु,’राष्ट्रपति भण्डारीले भनेकी छन्, ‘यहाँको कार्यकालमा हाम्रा दुई देशबीचको सहकार्यले नयाँ उचाई प्राप्त गर्नेमा म पूर्ण विश्‍वास व्यक्त गर्दछु।’



    सन्थाल समुदायकी मुर्मु भारतमा आदिवासी समुदायबाट राष्ट्रपति हुने पहिलो महिला हुन् भने प्रतिभा पाटिलपछि राष्ट्रपति हुने उनी दोस्रो महिला हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार