Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कांग्रेस सांसदले राष्ट्रपतिलाई ‘राष्ट्रपत्नी’ भनेपछि‍‍ भारतमा हंगामा

    कांग्रेस सांसदले राष्ट्रपतिलाई ‘राष्ट्रपत्नी’ भनेपछि‍‍ भारतमा हंगामा

    अनलाइन नेपाल
  • बिहिबार, १२ साउन २०७९
  • 834
    SHARES

    एजेन्सी । भारतको पश्चिम बंगालका कांग्रेस सांसद अधीर रञ्जन चौधरीले राष्ट्रपति द्रौपदी मुर्मूलाई ‘राष्ट्रपत्नी’ भनेको भन्दै भारतको संसदमा विरोध भएको छ ।

    यद्पि उनले आफूले भूलवश यस्तो बताएको भनेर माफी मागिसकेका छन् । तर विवाद थामिएको छैन ।



    ‘म जान्दछु भारतको राष्ट्रपति चाहे जो सुकै होस् हाम्रा लागि राष्ट्रपति नै हुन्छन् । मेरो मुखबाट यो शब्द (राष्ट्रपत्नी) एकपटक उच्चारण भयो । तर, सत्ताधारीहरूले यसलाई तिलको पहाड बनाउन खोजिरहेका छन् ।’



    राष्ट्रपति भवन गइरहेको छु भन्ने क्रममा आफूबाट गल्तीले राष्ट्रपत्नी उच्चारण हुन पुगेको उनले बताएका छन् । यस विषयमा भारतको केन्द्रीय मन्त्री स्मृति इरानीले पनि लोकसभामा विरोध जनाएकी छन् ।

    भाजपा ठूलठूला नेताहरुले समाजिक संजालमा समेत यस विषयमा कंग्रेसको आलोचना गरिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार