Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

साताको अन्तिम कारोबारमा २७ अंक घट्यो सेयर बजार

काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजार २७ अंकले घटेको छ । शुक्रवारको कारोबारमा बजार परिसूचक २७.२६ अंक घटेको हो । साताको पहिलो कारोबारदेखि बढेको बजार बिहीवार ६ अंक घटेको थियो शुक्रवारको कारोबारमा पनि तीव्र उतार चढावका बीच बजार ऋणात्मक भएको छ ।

बिहीवार ६ अंक घटेर २०४४.७२ अंकमा ओर्लिएको बजार आज २७।२६ अंक घटेर २०१७.४६ मा ओर्लिएर साताको बजार बन्द भएको थियो ।शुक्रवार बजार परिसूचक १.३३ प्रतिशत तथा ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स १.३८ प्रतिशत घटेर ३८६.२४ मा झरेको छ ।

शुक्रवार २१२ कम्पनीको १ अर्ब ४४ करोड ३४ लाख ३२ हजार ७७० रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। ३३ लाख २० हजार ५१२ कित्ता सेयर २३ हजार ८६८ पटकमा खरिद बिक्री भएको हो ।

बजार घट्दा आज कारोबार भएका १४ कम्पनीको सेयर मूल्य बढेको छ भने १६४ कम्पनीको सेयर मूल्य घटेको छ।

उप(समूह तर्फ शुक्रवार १३ ओटै समूहको सेयर मूल्य घटेको छ । घट्दो बजारमा किसान लघुवित्त, गणपति लघुवित्त, नयाँ सारथी लघुवित्त, सेन्ट्रल फाइनान्स, सानिमा लार्ज क्याप लगायतका कम्पनी उच्च कमाउनेमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077