Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सांसद सुवालको प्रस्ताव - लिखित अन्तवार्तापछि मात्रै नागरिकता दिऔं

काठमाडौं । नेपाल मजदुर किसान पार्टीले नेपालमा जन्मेका आधारमा नागरिकता दिनु अघि अन्तवार्ता लिनुपर्ने प्रस्ताव गरेको छ ।

प्रतिनिधिसभाको जारी बैठकमा सांसद प्रेम सुवालले नेपालको भाषा संस्कृति जानेको हुनुपर्ने भन्दै अन्तवार्ता पछि मात्रै जन्मको आधारमा नागरिकता दिनुपर्ने प्रस्ताव गरेका हुन् ।

उनले भने ‘नेपालमा जन्मेर मात्रै हुँदैन, नेपाली भाषा, कला संस्कृति पनि बुझेको हुनुपर्छ, उसले देशप्रति बफादार रहेको लिखित गर्नुपर्छ।’

सुवालले बैठकमा भने, ‘अमेरिकामा ३ वर्षपछि र बेलायतमा ६ वर्षपछि मात्रै नागरिकता पाउने प्रावधान छ भने नेपालमा २० वर्ष बसेकाले मात्रै नागरिकता दिने ब्यवस्था गर्नुपर्छ, त्यसका लागि लिखित अन्तवार्ता दिनुपर्छ ।’

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077