Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नाइजेरियामा बस दुर्घटना, जलेर ३० जनाको मृत्यु

एजेन्सी । नाइजेरियाको उत्तरी राज्य काडुनामा भएको एक सडक दुर्घटनामा कम्तीमा ३० जनाको जलेर मृत्यु भएको छ । अरु एक दर्जन घाइते भएका छन् ।

बिहीबार साँझ जारिया र कानो सहर जोड्ने एक राजमार्गमा तीनवटा यात्रुबस एक आपसमा जुधेपछि तिनीहरूमा आगलागी भएको थियो ।

काडुना राज्यको नाइजेरियाली सडक सुरक्षा निकायका कमान्डर हाफिज मुहम्मदले महिला तथा बालबालिकासहित ३० जनाको मृत्यु भएको बताएका छन् । दुर्घटनामा घाइते भएकालाई नजिकैका दुईवटा अस्पतालमा पुर्‍याइएको थियो ।

सरकारी अधिकारीहरूले बस चालकहरूले एकले अर्कालाई उछिन्न खोज्दा दुर्घटना भएको हुनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077