Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

कैलाली । कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ ।

जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर २ पुरानो भन्सार रोडमा पैदल हिँडिरहेका एक जना यात्रीलाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको हो ।

मृत्यु हुनेमा धनगढीको नम्बर २ बस्ने ५५ वर्षीय नेत्रप्रसाद पन्त रहेको जिल्ला प्रहरी कार्यालय कैलाली जनाएको छ । प्रहरीका अनुसार वडानम्बर ३ का २२ वर्षीय सौजन खड्काले चलाएको से ३ प ९९० नम्बरको मोटरसाइकलले पैदलयात्री पन्तलाई ठक्कर दिएको थियो।

घाइते पन्तको उपचारका क्रममा माया मेट्रो अस्पतालमा मृत्यु भएको हो । मोटरसाइकल चालक खड्का र पछाडि सवार बैतडी दशरथचन्द–८ बस्ने २२ वर्षका रामचन्द्र शर्मालाई पक्राउ गरिएको छ । घटनाबार ेथप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077