Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

विषालु च्याउ खाँदा एकै घरका पाँच जना बिरामी

बैतडी । जंगली विषालु च्याउ खाँदा बैतडीमा एकै घरका ५ जना बिरामी भएका छन् । जंगलबाट मंगलबार बिहान टिपेर ल्याएको च्याउ खाँदा मेलौली नगरपालिका वडा नम्बर ५ का एकै घरका ५ जना बिरामी परेका हुन् ।

बिरामी हुनेमा जिल्लाको मेलौली नगरपालिका-५ खलीगाडका १४ वर्षीया सुनिता जोशी, १२ वर्षीया सविता जोशी, १० वर्षीय किरन जोशी, ८ वर्षीया सोनीया जोशी र ४ वर्षीया दिव्या जोशी रहेका छन् ।

च्याउ खाएर उनीहरू बिरामी भए पनि उनीहरूलाई केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा भर्ना गरिएको छ। बिरामी भएका उनीहरूको अवस्था सुधार हुँदै गएको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीका निमित्त प्रमुख जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले जानकारी दिए ।

जंगलबाट मंगलबार बिहान टिपेर ल्याएको च्याउ उनीहरू सबैले घरमै पकाएर आएका थिए । च्याउ खाएको केहीबेरपछि सबै जनाले बान्ता गर्न थालेपछि अपरान्ह ५ बजे स्वास्थ्य केन्द्र लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077